असेज, २८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गरे ।
पहाडीको निष्ठा र योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत भएको पूर्वप्रधानमन्त्री नेपालले प्रेस विज्ञप्तिमा जनाए ।
सांसद पहाडीले नेपाली समाजको रुपान्तरण र नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु-याए थियो । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित उनको आज उपचारका क्रममा काठमाडौंं मेडिकल कलेजमा निधन भएको हो ।
उनी २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सङ्घीय संसद्को प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।







