रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

चितवनस्थित महाधिवेशनस्थलमा विद्युतीय माध्यमबाट भएको मतदानको परिणाम सार्वजनिक भएको हो ।

रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुनेछन् ।

बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहनेछन् ।