असोज, २८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्व प्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका नेता बाबुराम भट्टराईले पार्टीका दुई अध्यक्षमाथि लगाएको आरोपको खण्डन गरेको छ ।
नेता भट्टराईले बहालवाला प्रधानमन्त्री सहित २ पूर्व प्रधानमन्त्रीमाथि ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए।
पार्टीका दुईअध्यक्षको नाम जोडेर गम्भीर आरोप लगाएपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै उक्त आरोप खारेजसमेत गरेको छ । यदि त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनीक गर्न पनि प्रवक्ता श्रेष्ठले चुनौती दिएका छन्।
भट्टराईले नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त आरोप लगाएका हुन् । त्यस्तै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवलाई पनि उक्त आरोप लगाएका हुन् ।
भट्टराईको उक्त अभिव्यक्तिको कांग्रेसले यसअघिनै खण्डन गरिसकेको छ।








