काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीमा नियुक्त भएका छन् ।
पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा पौडेललाई नियुक्त गरेकी हुन्।
त्यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ भएका छन्। लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ।
महिला बालबालिकामा हेरेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नव नियुक्त तीनै जना मन्त्रीहरु प्रधानमन्त्री ओली निकट हुन्।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्रालय आफू मातहत राखेका छन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री ओलीले आफूमातहत रक्षा मन्त्रालय राखेका हुन।
पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी तोकिएको छ।








