मेचीनगरका मेयर आचार्यलाई कोरोना

असोज २९, झापा ।
जिल्लाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनमा संक्रमण पुष्टि भएका े हो । उनी घरकै आइसोलेसनमा बसेको बताइएको छ ।

यस अघि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो ।