एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी गौशालाबाट पक्राउ

जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो ।

थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

यसपछि प्रहरीले उनलाई गौशालाबाटै पक्राउ गरेको हो ।

उनको घर गौशालाको निगौल हो ।