अष्ट्रेलियालाई पेनाल्टी सुटआउमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

काठमाडौँ-  फिफा विश्वकप- २०२६ अन्तर्गत गएराति सकिएको खेलमा अस्ट्रेलियालाई पराजित गर्दै इजिप्ट पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै इजिप्टले अन्तिम १६ अर्थात् प्रिक्वाटर्डफाइनमा प्रवेश गरेको हो। 

पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका लागि ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गरे। 

खेलको १३औं मिनेटमा इमाम आशौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए। तर, खेलको ५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले हेडरमार्फत गरेको क्लिरेन्स आफ्नै गोलपोष्टमा छिर्दा अस्ट्रेलिया १-१ को बराबरीमा आयो। 

खेलको निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको विजेता पेनाल्टी सुटआउटबाट टुंग्याइएको हो। 

योसँगै चौथोपटक विश्वकप खेलेको इजिप्ट पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको छ। 

इजिप्टले अब जुलाई ७ मा एटलान्टामा हुने ‘राउन्ड अफ १६’ को खेलमा साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको विजेताको सामना गर्नुपर्नेछ।