धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको धरान वितरण केन्द्रअन्तर्गत विद्युत् मर्मत कार्यका लागि राति खटिएको स्कारपियो गाडी दुर्घटनामा पर्दा दुई कर्मचारीको मृत्यु भएको छ।

दुर्घटनामा धरान–१३ का ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का ४९ वर्षीय सुमन आचार्यको निधन भएको हो। मृतक राई सेवा करारमा कार्यरत चालक थिए भने आचार्य नेपाल विद्युत् प्राधिकरणका स्थायी कर्मचारी रहेको जनाइएको छ।