काठमाडौं। अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै साविक विजेता अर्जेन्टिना उपाधि नजिक पुगेको हो।
एक गोलले पछि परेको अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। खेलको ६५ औं मिनेटमा एन्थोनी गोर्डनको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो।
८५ औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै २–१ को जितसहित अर्जेन्टिनालाई फाइनलमा पुर्याए।
आजको जितसँगै सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ।
उपाधिका लागि अर्जेन्टिनाले अब स्पेनसँग खेल्नेछ। इंग्ल्यान्डले भने तेस्रो पोजिसनको लागि अब फ्रान्ससँग खेल्ने छ।







