काठमाडौँ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ गर्दै नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारबाट रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो।
थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। उक्त फैसलाको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो।
सर्वोच्च अदालतले १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नरहेको ठहर गर्दै कोइरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको जनाएको छ।






