काठमाडौं । काठमाडौंमा पाँचवटा सवारी साधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौं महानगरपालिका–४ मा कतार भिसा सेन्टर अगाडिको सडक खण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारी साधन आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ६डीडी ६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।







