असोज ३०, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति गत वर्षभन्दा झन्डै ३६ लाख भारतीय रूपैयाँले बढेको देखिएको छ । उनले यसवर्षको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले आफ्नो कुल सम्पत्ति २ करोड ८५ लाख भारतीय रुपैयाँ रहेको जनाएका छन् । जुन अघिल्लो सालको तुलनामा ३६ लाख भारु बढी हो ।
गत वर्ष उनको कुल सम्पत्ति २ करोड ४९ लाख भारु थियो । उनले आफूसँग संयुक्त स्वामित्मा घर, घडेरी, केही सुन र बैंक ब्यालेन्स रहेको जनाएका छन् । तर, ऋण र सवारी साधन नभएको जनाएका छन् ।
गृहमन्त्री अमित शाहको सम्पत्ति भने गतवर्षको भन्दा घटेको छ । गतसाल ३२ करोड सम्पत्ति रहेको जनाएका शाहले यो वर्ष आफूसँग २८ करोड ६३ लाख मात्र रहेको जनाएका छन् । (एजेन्सी)






