काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु ५,८०० र चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८५ हजार ५०० कायम गरिएको छ भने चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३५० निर्धारण भएको महासङ्घले जनाएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ३०० र चाँदी प्रतितोला रु ४ हजार ५०५ मा कारोबार भएको थियो।
त्यस्तै, बुधबार सुनको मूल्य प्रतितोला रु २ लाख ९१ हजार र चाँदीको मूल्य रु ४ हजार ४८० कायम गरिएको थियो। मङ्गलबार भने सुन प्रतितोला रु २ लाख ८५ हजार ६०० र चाँदी प्रतितोला रु ४ हजार ३७० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ, विभिन्न सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४,०४५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






