तिहारपछि मात्र घान्द्रुक खुल्ने

असोज ३०, कास्की ।
जिल्लाको घान्द्रुकमा पर्यटकहरुलाई तत्कालका लागि प्रवेश निषेध गरिएको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो सातासम्म पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय गरेको हो ।

पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरूङले आगामी मंसिर पहिलो हप्तासम्म आन्तरिक र बाह्य सबै पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार सो अवधिसम्म त्यहाँका सबै होटल र लजहरू पनि बन्द रहने छन् । मंसिर पहिलो सातापछि भने पर्यटन व्यवस्थापन समिति घान्द्रुकको बैठक बसेर अवस्था हेरेर आवश्यक निर्णय लिने अध्यक्ष गुरुङले जानकारी दिए ।