काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले वृद्धि भएको छ। शुक्रबार ४ हजार ३५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ४१० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ।







