सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो,आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन र चाँदी दुवैको मूल्य घटेको जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. २ लाख ८४ हजार २०० मा कारोबार भइरहेको छ। सोमबार प्रतितोला रु. २ लाख ८८ हजार ५०० रहेको सुनको मूल्य आज रु. ४ हजार ३०० ले घटेको हो। यस्तै, १० ग्राम सुनको मूल्य रु. २ लाख ४३ हजार ६५५ कायम गरिएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। सोमबार प्रतितोला रु. ४ हजार ४४५ रहेको चाँदी आज रु. ४ हजार ३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला रु. १३५ ले घटेको हो। १० ग्राम चाँदीको मूल्य रु. ३ हजार ६९५ निर्धारण गरिएको छ।