सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ मा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर चार हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँ मा कारोबार भएको थियो।