काठमाडौँ -सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
सभामुख अर्यालले बिहीबार राष्ट्रपति भवन, शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार–विमर्श भएको थियो।







