राहदानी विभागद्वारा आगामी साउन २२ गतेसम्म आवेदन फाराम एकैपटक खुला

काठमाडौं । राहदानी आवेदनको माग बढ्दो मागसँगै राहदानी विभागले बिहीबार (साउन १४)देखि नै आगामी साउन २२ गतेसम्म दैनिक एक हजार ५ सयका दरले आवेदन फाराम एकैपटक खुला गरेको छ ।

विभागले बिहीबार सूचना जारी गर्दै राहदानी आवेदनको बढ्दो मागलाई मध्यनजर गर्दै साउन २२ गतेसम्म दैनिक एक हजार ५०० को संख्यामा आवेदन फाराम खुलाइएको जानकारी दिएको हो ।

विभागका अनुसार, सेवाग्राहीले भरेको आवेदन फारामको तल्लो भागको दायाँपट्टी फाराम रुजु गराउने मिति र समय उल्लेख गरिएको हुन्छ । विभागले सेवाग्राहीलाई फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र विभागमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ ।

निर्धारित मिति र समयअनुसार विभागमा उपस्थित हुँदा सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विभागले जनाएको छ ।