काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा बैंकिङ क्षेत्रको भूमिका, वित्तीय प्रणालीको वर्तमान अवस्था तथा देखिएका चुनौतीबारे छलफल गर्न सीईओहरूलाई आमन्त्रण गरिएको हो।
अर्थ मन्त्रालयमा आज दिउँसो ३ बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने सचिवालयले जनाएको छ।







