नेपालमा थप २१ जनाको कोरोनाका कारण मृत्यु, कुल संख्या ७१५ पुग्यो

असोज, ३० काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।