असोज, ३० काठमाडौं । थर्पू समाज युकेको संयोजनमा लामो समयबाट मुटुरोगबाट ग्रसित पाँचथर याङवरक–४ का भिम कुमार सुन्दासलाई आर्थिक सहयोग गरिएको छ ।
थर्पू समाज युकेमा रहेका धन कुमार काम्बाङ, बिमला सिगू र सरला योङ्हाङको संयोजनमा उपचाररत सुन्दासलाई आर्थिक सहयोग पठाइएको हो ।
समाजले पाँचथर समाज नेपालमार्फत पिडित सुन्दासलाई तीन लाख १७ हजार ७५० रुपैँया प्रदान गरेको हो । पाँचथर समाज नेपालमा उपाध्यक्ष क्याप्टेन भिबहादुर लिम्बू र महासचिव लक्ष्मीराज तावाले गंगालाल अस्पतालमा पुगेर उक्त रकम हस्तान्तरण गरेका छन् ।
मलेसियामा रोजगारीमा गएका सुन्दास मुटुको समस्या देखिएपछि स्वदेश फर्कीएका थिए । उनी लामा समयदेखि मुटु राेगले ग्रसित छन् । उनको आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक सहयोग गरिएको पाँचथर समाज नेपालका महासचिव तावाले जानकारी दिए ।
पाँचथर समाज नेपालमा थपिए सल्लाहकार र सदस्य
केही समय अघि नयाँ कार्यसमिति चयन भएको पाँचथर समाज नेपालले नयाँ सल्लाहकार राखेको छ ।
समाजले सल्लाहकारमा प्राज्ञ बैरागी काईला (तिलबिक्रम नेम्बाङ) र भिसी रामबहादुर बेघा लिम्बूलाई मनोनयन गरिएको हो ।
त्यस्तै समाजको सदस्यमा अरुणा नेम्बाङलाई मनोनयन गरिएको छ ।







