‘बलात्कारी संगठन’ फेसबुक ग्रुप चलाउने पक्राउ

कात्तिक १, काठमाडौं ।
फेसबुकमा खोलिएको बलात्कारी संगठनको ग्रुपका एक व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले पूर्वी नवलपरासीबाट आन्दाजी १९ वर्षीय पुरूषलाई पक्राउ गरेको बताएको छ ।

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नविन्द अर्यालका अनुसार नविन बस्नेत भन्ने युवकलाई शुक्रबार पक्राउ गरिएको हा े।

‘बलात्कारी संगठनको समूहको एक जना, जो म महिलाहरूलाई बलात्कार गर्दैछु भन्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेको छ,’ उनले भने, ’हाम्रो टोलीले पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो ।’

उनीविरूद्ध विभिन्न उजुरीहरू आएपछि उनलाई पक्राउ गरेको हो । यसअघि पनि उनले आफ्नो फेसबुकमा ठूला व्यक्तित्वहरूलाई मार्दिन्छु भन्दै लेख्ने गरेको पाएको एसएसपी अर्यालले जानकारी दिए ।

उनलाई काठमाडौं ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।