काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको विवरणअनुसार शनिबारदेखि मध्यराति १२ बजेसम्म भएका दुर्घटनामा महोत्तरी, रौतहट, भक्तपुर र दैलेखमा एक–एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा कोशी प्रदेशमा २०, मधेश प्रदेशमा २०, काठमाडौं उपत्यकामा २९, बागमती प्रदेशमा ८, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा २४, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ जना घाइते भएका छन् ।
पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्था र उपचारसम्बन्धी थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।







