काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विदेशी राजदूतहरूसँग एकल भेटवार्ता सुरु गरेका छन् । यसक्रममा सोमबार उनले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री शाहले आजै नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग पनि भेटवार्ता गर्ने तयारी छ ।
यसअघि प्रधानमन्त्री शाहले विदेशी राजदूत तथा नियोगका अधिकारीहरूसँग सामूहिक रूपमा मात्र भेटवार्ता गर्दै आएका थिए । प्रोटोकललाई कारण देखाउँदै उनले एक्लाएक्लै भेटवार्ता नगर्ने नीति अपनाएका थिए । तर विदेशी कूटनीतिक नियोगका अधिकारीहरूसँग एकल भेट नगरेको भन्दै आलोचना हुन थालेपछि शाहले सोमबारदेखि व्यक्तिगत भेटवार्ता पनि सुरु गरेका हुन् ।







