सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ६ हजार २ सय रुपैयाँमा झरेको हो।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ। बुधबार १० ग्राम सुन २ लाख ६२ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने आज प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार ४ हजार ७४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर प्रतितोला ४ हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ७३ रुपैयाँ कायम भएको छ। बुधबार यसको मूल्य ४ हजार ६८ रुपैयाँ थियो।