वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त

सहायक निर्देशकद्वयमा डा. अपार लामिछाने र डा.अनिता जिसी

काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। त्यस्तै, अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र अनिता जिसी नियुक्त भएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा. नेपाललाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेकी हुन्।

११औँ तहका डा. नेपाल ग्यास्ट्रो सर्जन हुन्।

त्यसैगरी, सहायक निर्देशकमा नियुक्त डा. अपार लामिछाने प्रमुख कन्सल्टेन्ट प्लास्टिक सर्जन हुन्। उनी बर्न तथा प्लास्टिक सर्जरी विभागका विभागीय प्रमुख समेत हुन्।

अर्की सहायक निर्देशक डा. अनिता जिसी नाक, कान तथा घाँटी (ईएनटी) विषयकी प्रमुख कन्सल्टेन्ट हुन्। उनी नाक, कान तथा घाँटी विभागकी विभागीय प्रमुख समेत हुन्।