चुनदेवीमा टाँसियो ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ।

पाँच महिनासम्म स्वास्थ्योपचारका लागि विदेशमा रहेका देउवा बिहीबार स्वदेश फर्किएपछि इतर समूहका नेताहरूले कार्यालयमा उनको नामसहितको बोर्ड राखेका हुन्।

इतर समूहले शुक्रबारदेखि तीन दिनसम्म राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलालाई सभापति देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने प्रचार–प्रसार समितिका संयोजक मिन विश्वकर्माले जानकारी दिए।

भेला आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइरालाको नाम लेखिएको बोर्डसमेत कार्यालयमा राखिएको छ।