कात्तिक १, काठमाडौं ।
‘फोन पे पेमेन्ट’ले आउँदै गरेको दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका’ नामक योजना सार्बजनिक गरेको छ ।
यस योजना अन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ ।
कार्तिक १ गते घटस्थापनादेखि कार्तिक १४ गते पूर्णिमासम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा ५ लाख जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोन पेले यस्तो योजना सुरु गरेको हो ।
यस योजनामा क्यूआरमार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन । फोन पे सर्भिसका करिब डेढ लाख मर्चेन्ट रहेका छन् ।
फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् ।
जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै ईसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।







