आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक खण्ड

काठमाडौँ– पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो हटाइएपछि नारायणगढ–काठमाडौँ सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा शुक्रबार राति १०:२५ बजे सडक माथिबाट रुखसहित खसेको सुक्खा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। रातभर उपकरण प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६:१५ बजेदेखि सडकमा सवारीसाधनको आवागमन सहज बनाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडक सञ्चालनमा आएपछि रातभर बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।