काठमाडौँ । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको न्यायाधीश सवार स्कार्पियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।
प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्टले जानकारी दिए।
घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। दुर्घटनाग्रस्त गाडीमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित उनका पारिवारिक सदस्यहरू सवार रहेको बताइएको छ।






