नेपाली बजारमा सुनचाँदीको नयाँ मूल्य निर्धारण, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको नयाँ मूल्य निर्धारण भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले मंगलबारका लागि सुनचाँदीको कारोबार दर सार्वजनिक गरेको हो।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य भने ४ हजार ७७ रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ।

नेपालको सुनचाँदी बजारमा दैनिक मूल्य महासङ्घले सार्वजनिक गर्ने दरअनुसार कारोबार हुँदै आएको छ।