उपत्यकामा थप १७४६ जनामा कोरोना पुष्टि

कात्तिक, १ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार काठमाडौं उपत्यकामा मात्र १७४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ५१ जना, भक्तपुरका १ सय ५३ जना र ललितपुरका १ सय ५२ जना छन्।