काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे छलफल आयोजना गरिएको रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार सरकारका कामलाई प्रभावकारी बनाउने तथा संसद्मा पार्टीका सांसदले उठाउने विषयमा आवश्यक समन्वय गर्नेबारे छलफल हुनेछ । बैठकमा सबै मन्त्री तथा सांसदलाई अनिवार्य उपस्थितिका लागि सूचना जारी गरिएको उनले बताए ।
“सरकारका काम र सांसदले सदनमा उठाएका विषयबीच तालमेल नमिलेको जस्तो देखिएको छ । यस विषयमा सभापतिले आवश्यक निर्देशन दिनुहुन्छ,” बुर्लाकोटीले भने ।






