प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् ।

स्वकीय सचिवको जिम्मेवारी पाएपछि रावलले देश र जनताको सेवामा निरन्तर सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

रावल रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ का हुन् ।