प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने प्रमुख काम तथा हासिल गर्ने उपलब्धिलाई समेटेर कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै एक–अर्कालाई सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित प्रमुख कार्य तथा उपलब्धिहरू समेटिएका छन् ।

यसैगरी, बुधबार नै प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

karya_mFzVVyEbHQ-1787138888.jpg