कात्तिक २, काठमाडौं ।
राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् ।
थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।
उनको आईसीयूमा उपचार भइरहेको छ । शनिबारबाट उनको ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या नरहेको अस्पतालको भनाइ छ ।






