काठमाडौं । भारतीय कुखुराको आयात तथा तस्करी रोक्न माग गर्दै पोल्ट्री व्यवसायीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
किसानका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्दै व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले भारतबाट हुने कुखुराको अवैध आयात नियन्त्रण गर्नुपर्ने, कुखुरा तथा मासु व्यवसायमा देखिएको समस्या समाधान गर्नुपर्ने र कोल्ड स्टोरले लिने कमिसन अन्त्य गर्नुपर्ने माग अघि सारेका छन् ।
पोल्ट्री क्षेत्रको संरक्षण गर्दै नेपाली किसानलाई राहत र बजारको सुनिश्चितता गर्न सरकार गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ।






