काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ।
पार्टीको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरिसकेको र उक्त मुद्दा अझै विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको जिकिर छ।
देउवा समूहले महाधिवेशनसम्बन्धी प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेशसमेत माग गरेको छ। निवेदनमाथि आगामी भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ।






