प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । बाढीबाट उत्पन्न विपद्को परिस्थितिलाई मध्यनजर गर्दै प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

चीनतर्फबाट बुधबार आएको बाढीका कारण सिर्जित विपद्को अवस्थामा सरकारसँगै प्रतिनिधि सभाका सदस्यहरू पनि राहत तथा उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको सचिवालयले जनाएको हो ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशानुसार बैठक स्थगित गरिएको महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक क्षति पुगेको छ ।

p_OEO6KOflPA-1787746299.webp