काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँ थियो।
त्यसअघि मंगलबार सुनको मूल्य ५०० रुपैयाँले घटेर ३ लाख २२ हजार २०० रुपैयाँ कायम भएको थियो। सोमबार भने सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढेर ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको थियो। आइतबार पनि सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको थियो।
यता, चाँदीको मूल्य भने बिहीबार १० रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९७५ रुपैयाँ थियो।
मंगलबार चाँदीको मूल्य ६५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको थियो भने सोमबार १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९६० रुपैयाँ कायम भएको थियो। आइतबार चाँदीको मूल्य १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।







