त्रिशूलीको बाढीले चरौँदीको झोलुङ्गे पुल बगायो

काठमाडौं । त्रिशूली नदीमा आइतबार आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ।

बाढीका कारण गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल चुँडिएर बगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार बिहान आएको ठूलो बाढीले पुलमा क्षति पुर्‍याउँदै पूर्ण रूपमा बगाएको हो।

यस्तै, त्रिशूली नदीमाथि रहेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।