सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम गरिएको छ ।

महासङ्घले सोमबारका लागि सुन तथा चाँदीको उक्त मूल्य निर्धारण गरेको हो ।