काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भुटानले नेपाललाई १६ करोड रुपैयाँ सहयोग गरेको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भुटानले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो ।
भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापालाई भुटानी राजदूत मेजर जनरल भेट्सोप नामग्येलले १६ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।






