रसुवा बाढी : एक हजार २०४ शव फेला

काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाएका एक हजार २०४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार साँझ ६ बजेसम्म बाढीबाट मृत्यु भएका एक हजार २०४ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार बाढीपछि अझै चार हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।