भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णयबारे जानकारी दिएका हुन्।

सरकारले यसअघि प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

प्रवक्ता पोखरेलका अनुसार अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको स्मरणमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।