कात्तिक, २ काठमाडौं। स्वास्थ्य मन्त्रालयको पछिल्ला विवरण अनुसार काठमाडौं उपत्यकामा मात्र १६९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयले दिएको हो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका १४६९, भक्तपुरका ९९ र ललितपुरका १३० जना रहेका छन्।







