काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । उनको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
राष्ट्रपति पौडेलले आजै बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै क्षतिको अवस्था र मानवीय संकटबारे नेपाली सेना तथा सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए ।
भदौ १० गते आएको बाढीपहिरोबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो । उक्त विपद्मा परी हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ९६ जना अझै बेपत्ता रहेको जनाइएको छ।






