घट्यो सुनचाँदीको मूल्य , आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव जारी रहेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुनको मूल्य ३ हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको थियो ।

यसअघि सोमबार छापावाल सुनको मूल्य ३ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको थियो । आइतबार पनि सुनको मूल्य ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा झरेको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य १०० रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँ पुगेको थियो । सोमबार भने ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँ कायम भएको थियो । आइतबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।