सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले ११३औँ बीपी जयन्तीका अवसरमा आज भक्तपुरमा आयोजना गरेको ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे।

उहाँले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस नेताहरू शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, विनोद कायस्थ र सुरेन्द्र श्रेष्ठलगायतले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने धारणा राख्नुभयो । त्यसका लागि विधानसम्मत रूपमा नियमित महाधिवेशन गर्नुपर्नेमा नेताहरूले जोड दिए ।